अपराध अनुसन्धानमा उत्कृष्ट भूमिका, सुवास भट्ट सम्मानित

हेटौंडा — बागमती प्रदेश प्रहरी कार्यालयले माघ महिनाका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्टलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ। हाल इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीका कार्यालय प्रमुखका रूपमा कार्यरत भट्टले अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेकाले उनी उक्त सम्मानबाट सम्मानित भएका हुन्।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले भट्टलाई प्रशंसापत्र प्रदान गर्दै उत्कृष्ट कार्यसम्पादनका लागि बधाई तथा शुभकामना व्यक्त गरे।

गोर्खा घर भएका भट्टले २०७० सालदेखि प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। संगठनप्रतिको समर्पण, अनुशासन र जिम्मेवारीप्रतिको प्रतिबद्धताका कारण उनी प्रहरी संगठनभित्र सफल अधिकृतका रूपमा परिचित छन्। अपराध नियन्त्रण र अनुसन्धानमा उनले देखाएको सक्रियताले प्रदेश प्रहरीको कार्यक्षमता अझ सुदृढ भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.