७५३ स्थानीय तहमा मतदाता शिक्षा स्वयंसेवक परिचालन, निर्वाचनमय बन्दै गाउँ–नगर

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। निर्वाचन आयोग ले फागुन ३ देखि १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको जनाएको छ।

स्वयंसेवकहरूले घरदैलो कार्यक्रममार्फत नमूना मतपत्र प्रयोग गरी मतदान प्रक्रिया र निर्वाचनको महत्वबारे जानकारी दिइरहेका छन्। कार्यक्रमको अनुगमनका लागि तोकिएका सम्पर्क व्यक्तिहरूलाई स्थानीय तहमा जिम्मेवारी दिइएको छ।

आयोगले ‘निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८’ अनुसार ‘मतदाता शिक्षा विशेष कार्यक्रम’ कार्यान्वयनमा ल्याएको हो। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारसँगै स्थानीय तहहरू पनि निर्वाचनमय बनेका छन्।

स्थानीय जनप्रतिनिधिहरूले निर्वाचन आचारसंहिता पालनामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। केही स्थानमा आन्दोलनका क्रममा संरचना क्षति भए पनि आवश्यक समन्वय र सहजीकरण भइरहेको जनाइएको छ।

आयोगका प्रवक्ताले प्रभावकारी मतदाता शिक्षाले बदर मत घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सबै पक्षसँग सहकार्यको आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.