एमालेको चुनावी घोषणा: महिलालाई निर्व्याजी २० लाख ऋण, २० हजार मातृभत्ता र ५ लाख जीवन बीमा

नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै महिला सशक्तिकरणलाई प्राथमिकतामा राखेको छ। अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका योजनामा उद्यमी महिला, गर्भवती र सुत्केरी महिलाका लागि विशेष सुविधा समावेश छन्।

एमालेले उल्लेख गरेअनुसार:

उद्यमी महिलालाई २० लाखसम्मको निर्व्याजी ऋण उपलब्ध गराइनेछ।

व्यवसाय र ऋणको निःशुल्क बीमा व्यवस्था गरिनेछ।

गर्भवती महिलाको स्वास्थ्य परीक्षणका लागि घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गरिनेछ।

सुत्केरी महिलालाई प्रतिजन्म २० हजार मातृशिशु पोषण भत्ता प्रदान गरिनेछ।

गर्भवती महिलाका लागि ५ लाखसम्मको जीवन बीमा निःशुल्क गरिने घोषणा गरिएको छ।

एमालेका अनुसार यी कदमहरूले महिला उद्यमशीलता बढाउने, मातृत्व सुरक्षा सुनिश्चित गर्ने र घट्दो जनसंख्या वृद्धिदरको प्रवृत्ति रोक्ने उद्देश्य राखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.