हेटौंडामा फागुन १४ गते कुलमान घिसिङको आमसभा

मकवानपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ फागुन १४ गते हेटौंडामा आयोजना हुने आमसभामा सहभागी हुने भएका छन्। पार्टीको चुनावी अभियानअन्तर्गत उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार आमसभामा अध्यक्ष घिसिङले समसामयिक राजनीतिक अवस्था, विकास, सुशासन तथा जनजीविकासँग सम्बन्धित विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्ला तहका नेता-कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

आमसभा हेटौंडाको मुख्य स्थान हुप्राचौरमा आयोजना गरिने आयोजकले जनाएको छ।
निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरूले गतिविधि बढाइरहेका बेला घिसिङको हेटौंडा आगमनलाई महत्वका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.