१० फागुनः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरेको छ।
निर्वाचनमा उत्साहजनक सहभागिता बढाउने उद्देश्यले मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्टसमेत गरी तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
यसअघि फागुन १८ गते सोमबार पहाडी जिल्लामा र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा (होली) पर्वको सार्वजनिक बिदा परेको छ।
तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा संलग्न तथा मतदाता नामावली भएको स्थानभन्दा टाढा रहेका मतदातालाई मतदानस्थलसम्म पुग्न सहज हुने विश्वास आयोगले गरेको छ।
प्रतिकृया दिनुहोस्
















