हेटौंडा यातायात कार्यालयबाट घुससहित दुई जना पक्राउ

मकवानपुर स्थित यातायात व्यवस्था कार्यालय हेटौंडा बाट घुससहित दुई जना पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग को टोलीले सवारी सरुवा सहमतिको काम गरिदिने नाममा सेवाग्राहीसँग रकम मागिएको उजुरीपछि छापा मारेको थियो।

आयोगका सूचना अधिकारी बिमोचन घिमिरे का अनुसार बिचौलियाको भूमिका निभाउने लेखापढी व्यवसायी खगेन्द्र पौडेल लाई ११ हजार ५ सय रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो।

पौडेलको बयानका आधारमा संलग्नता देखिएपछि कार्यालयका छैटौं तहका अधिकृत अमृत भेटुवाल लाई पनि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। दुवैलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको हो।

घटनास्थलबाट तीन थान मोबाइल सेट बरामद गरिएको छ। थप अनुसन्धानका लागि दुवैलाई आयोगको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं पठाइने जनाइएको छ।

यातायात कार्यालयमा सेवा लिन घुस दिनुपर्ने गुनासो यसअघि पनि सर्वसाधारणबाट उठ्दै आएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.