उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङको हेटौंडा आमसभा स्थगित

मकवानपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ स्वास्थ्य समस्याका कारण भोलि (फागुन १४ गते) हेटौंडामा आयोजना हुने आमसभामा सहभागी हुन नसक्ने भएका छन्। पार्टीको चुनावी अभियानअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रम स्थगित गरिएको पार्टी स्रोतले जनाएको छ।

आमसभा हेटौंडामा आयोजना गर्ने तयारी गरिएको थियो। कार्यक्रममा अध्यक्ष घिसिङले समसामयिक राजनीतिक अवस्था, विकास, सुशासन तथा जनजीविकासँग सम्बन्धित विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम तय गरिएको थियो।

निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरूले गतिविधि तीव्र बनाइरहेका बेला घिसिङको कार्यक्रम स्थगित भएपछि आमसभाको तयारीमा रहेका नेता-कार्यकर्ता तथा समर्थकहरू पार्टीको अध्यक्षको स्वास्थ्य अवस्थाको कारण स्थगित भएको बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.