तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

गएराति गण्डकी प्रदेश, बागमती प्रदेशकोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ। आज पनि पहाडी र हिमाली भेगका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्छ। अन्य प्रदेशका उच्च भूभागका एक–दुई स्थानमा पनि समान गतिविधि देखिन सक्ने सम्भावना छ।

आज बिहान तराईका विभिन्न जिल्लामा हुस्सु लागेको छ। तराई क्षेत्रमा भने दिनभर मौसम मुख्यतया सफा रहने अनुमान छ।

पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम परिवर्तनका कारण उच्च भेगमा यात्रा गर्नेहरूले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.