प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न चाहने मतदाताले अनिवार्य रूपमा परिचय खुल्ने आधिकारिक कागजात साथमा लिनुपर्ने भएको छ।
निर्वाचन आयोग ले जानकारी दिएअनुसार मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र लिएर तोकिएको मतदान केन्द्रमा उपस्थित हुनुपर्नेछ।
यसका अतिरिक्त राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका लागि मान्य हुने जनाइएको छ।
आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका र फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकले मात्र मतदान गर्न पाउनेछन्। मतदान भने फागुन २१ गते देशभर सञ्चालन हुनेछ।
मतदातालाई समयमै आफ्नो मतदान केन्द्रमा पुगेर आवश्यक कागजातसहित मतदान प्रक्रियामा सहभागी हुन आयोगले आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस्
























































