मकवानपुरमा निर्वाचन तयारी अन्तिम चरणमा, मतगणना स्थल कडाइका साथ सुरक्षित

हेटौंडा — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिका, कर्मचारी तथा सुरक्षाकर्मी सबै मतदान केन्द्रमा खटाइसकिएको छ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवि माध्यमिक विद्यालय का मतदान अधिकृत श्रीराम पुडासैनीका अनुसार केन्द्र घोषणा सूचना टाँस गर्नुका साथै सर्वदलीय बैठकसमेत सम्पन्न भइसकेको छ।

जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल तयारी अवस्थामा छन्। भुटनदेवि माध्यमिक विद्यालय भवनमा चार वटा कोठा मतगणनाका लागि छुट्याइएको छ। मतगणना स्थललाई तारजालीले घेराबार गरी सीसीटिभी जडान गरिएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार दलका प्रतिनिधिलाई तारजालीबाहिर बस्ने व्यवस्था मिलाइएको छ भने मतगणना स्थलभित्र मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाइएको छ। सम्भावित अव्यवस्था रोक्न सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको उनले बताए।

दुवै निर्वाचन क्षेत्रमा एकैपटक चार स्थानबाट मतगणना गर्न मिल्ने व्यवस्था गरिएको जनाइएको छ। मतदानपछि मतपेटिका ढुवानीका लागि आवश्यक सवारी साधन तयारी अवस्थामा राखिएको छ। दुर्गम गाउँबाट मतपेटिका ल्याउन मतदान सकिएको करिब चार घण्टासम्म समय लाग्न सक्ने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.