चार महिनामा विपद्का ३ हजार ४३५ घटना, १६६ जनाको मृत्यु

गत वैशाखदेखि हालसम्म देशभर भएका विभिन्न विपद्का घटनामा १६६ जनाको मृत्यु भएको छ भने ९८८ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा देशभर कुल ३ हजार ४३५ वटा विपद्का घटना भएका छन्। विपद्का कारण ४ हजार ५३१ घरपरिवार प्रभावित भएका छन्।

सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। चार महिनाको अवधिमा ९१४ वटा आगलागीका घटना भएका छन्। यस्तै, ४९५ पहिरो, ४७८ हुरीबतास, ५३५ सर्पदंश, २२९ चट्याङ, १९१ डढेलो, १७१ बाढी, १९० जनावर आक्रमण, १६६ भारी वर्षा र ५५ लेक लाग्ने घटना भएका छन्।

यसैगरी, असिनाका चार, डुंगा पल्टिने एक तथा हिमपहिरोका दुई घटना भएका छन्।

प्राधिकरणका अनुसार साउन २ गतेदेखि ३ गते बिहानसम्म मात्रै देशभर ५८ वटा विपद्का घटना भएका छन्। उक्त अवधिमा विपद्मा परी तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। विपद्का घटनाबाट ४५ जिल्ला प्रभावित भएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.