बकैया / नेपाली कम्युनिष्ट पार्टीको तर मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर–१ का तारा चुनाव चिन्हका युवा उम्मेदवार बिजय गौतमले आफ्नै बाल्यकाल जोडिएको विद्यालयबाट मतदान गर्दै चुनावी प्रतिस्पर्धालाई थप रोमाञ्चक सन्देश दिएका छन । उनले बकैया गाउँपालिका वडा नम्बर–४ स्थित महेन्द्र मावि छतिवन, अर्थात् आफूले अध्ययन गरेको विद्यालयमै रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
मतदानपछि सञ्चारकर्मीसँग बोल्दै गौतमले यसपटकको निर्वाचनमा युवा नेतृत्वको जित निश्चित भइसकेको दाबी गरे। हालसम्म विभिन्न वडाबाट प्राप्त प्रारम्भिक तथ्याङ्क, स्थानीय मतदाताको उत्साह र गरिएको गहिरो सर्वेक्षणले आफू स्पष्ट रूपमा अगाडि रहेको उनको भनाइ छ। आफूलाई स्थानीय जनताले आशा गरेको क्षमतावान युवा उम्मेदवारको रूपमा समर्थन बढ्दै गएको उल्लेख गर्दै उनले यो निर्वाचन पुस्तान्तरणको निर्णायक क्षण भएको बताएका छन्।
आफू सम्पूर्ण वामपन्थी, बुद्धिजीवी, प्रगतिशील तथा लोकतन्त्रवादी शक्तिहरूको साझा उम्मेदवार भएको दाबी गर्दै गौतमले Gen Z पुस्ताले खोजेको नयाँ राजनीतिक सोच र नेतृत्वको प्रतिनिधित्व आफूले गर्ने बताए। बागमती र बकैया गाउँपालिकाबाट सर्वाधिक मत आउने विश्वास व्यक्त गर्दै उनले गढी गाउँपालिकाका चार वडा र हेटौडा उपमहानगरपालिकाका १५ वडाबाट निर्णायक मत प्राप्त हुने दाबी समेत गरे।
निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई अपिल गर्दै उनले कसैको दबाब, प्रभाव वा बहकाउमा नपरी ढुक्क भएर तारा चिन्हमा मतदान गर्न आग्रह गरे। हालसम्मको चुनावी वातावरणले परिवर्तनको पक्षमा जनलहर स्पष्ट देखिएको उनको दाबी छ।
राजनीतिक विश्लेषकहरूका अनुसार मकवानपुर–१ मा यसपटक युवा उम्मेदवारको उपस्थितिले चुनावी प्रतिस्पर्धा झनै चर्किएको छ भने मत परिणामले नयाँ राजनीतिक सन्देश दिने संकेत देखिएको छ।
उम्मेदवार गौतमले मतदान पछि आफु सम्पूर्ण वामपन्थी, बुद्धिजीवी, प्रगतिशील तथा लोकतन्त्रवादी शक्तिहरूको साझा उम्मेदवार भएको दाबी गरेपछि जिल्लामा राजनैतिक तरङ्ग पैदा भएको छ । उनले किन यसो भने भन्नेमा धेरैले धेरै थरि बिश्लेषण गरेका छन । स्रोतका अनुसार नेकपा एमाले, नेपाली काग्रेस लगायतका बामपन्थि, लोकतान्त्रिक पार्टीका मतदाता र रास्वपा समर्थक युवा पुस्ता, र बुद्धिजीवीहरुले तारा चिन्हका उम्मेदवार गौतमलाई साथ दिने उनले अपेक्षा गरेको बुझिएको छ ।
मकवानपुर–१ मा युवा लहर !
आफ्नै पढेको विद्यालयबाट मतदान गर्दै उम्मेदवार गौतमको ठोकुवा — “जित सुनिश्चित भइसक्यो”
सम्पूर्ण वामपन्थी, बुद्धिजीवी, प्रगतिशील तथा लोकतन्त्रवादी शक्तिहरूको साझा उम्मेदवार भएको तारा चिन्हका उम्मेदवार गौतमको दाबी
बकैया / नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर–१ का तारा चुनाव चिन्हका युवा उम्मेदवार बिजय गौतमले आफ्नै बाल्यकाल जोडिएको विद्यालयबाट मतदान गर्दै चुनावी प्रतिस्पर्धालाई थप रोमाञ्चक सन्देश दिएका छन । उनले बकैया गाउँपालिका वडा नम्बर–४ स्थित महेन्द्र मावि छतिवन, अर्थात् आफूले अध्ययन गरेको विद्यालयमै रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।