मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाहरूको मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। वडा नं. २, ४, ५, ६, ७, ८, ९ र १० को मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य अग्रता कायम गरेको छ।
सार्वजनिक मत परिणाम अनुसार घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) ले १९,२३५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। त्यस्तै सूर्य (नेकपा एमाले) ले ३,९९९ मत प्राप्त गरेको छ भने रुख (नेपाली कांग्रेस) ले ३,४९५ मत पाएको छ।
यसैगरी हलो (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले २,३७७ मत प्राप्त गरेको छ भने तारा (नेपाल कम्युनिष्ट पार्टी) ले १,१६१ मत प्राप्त गरेको छ।
हेटौंडा उपमहानगरपालिकाका यी वडाहरूको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता बनाएको देखिएको छ। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।























































