हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा जारी मतगणनामा उज्यालो नेपाल पार्टीले नेपाली काँग्रेसलाई उछिनेको छ।
शनिबार दिउँसोसम्म ४८ हजार ४८२ मत गणना हुँदा नेपाली काँग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ५ हजार ५० मत प्राप्त गरेकी छन्। भने उज्यालो नेपाल पार्टीका उम्मेदवार सुरेन्द्र लामाले ५ हजार ४८१ मत प्राप्त गर्दै काँग्रेसलाई उछिनेका छन्।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रकाश गौतम २४ हजार ५०१ मत सहित अग्रस्थानमा रहेका छन्। दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार रामेश्वर रानाले ५ हजार ४९८ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बहादुर सिंहले २ हजार ७३७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजय गौतमले १ हजार ९४१ मत पाएका छन्। मकवानपुर क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ।























































