मकवानपुर–१ मा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, रास्वपा अग्रस्थानमा

हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म ५२ हजार १५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार प्रकाश गौतम २६ हजार १३० मत सहित अग्रस्थानमा रहेका छन्।

दोस्रो स्थानका लागि भने काँग्रेस र एमालेबीच प्रतिस्पर्धा तीव्र बनेको छ। नेपाली काँग्रेस (रुख) ले ५ हजार ८७५ मत प्राप्त गरेको छ भने नेकपा एमाले (सूर्य) ले ५ हजार ८५६ मत पाएको छ। यसैगरी उज्यालो नेपाल पार्टी (चिम) ले ५ हजार ७४१ मत, नेकपा माओवादी केन्द्र (तारा) ले २ हजार २९ मत र हलो चुनाव चिन्हले २ हजार ८८८ मत प्राप्त गरेका छन्। मकवानपुर क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.