मकवानपुर–२ मा रास्वपाको प्रशान्त उप्रेती विजय, औपचारिक घोषणा हुन बाँकी

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती विजयी भएका छन्। बिजयको औपचारिक घोषणा हुन भने बाकी छ।

उप्रेतीले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बर्तौलालाई मतान्तरले ११ हजार २०४ मतले पराजित गरेका छन्। उप्रेतीले कुल ३० हजार ५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
त्यस्तै बर्तौलाले १८८४६ हजार ६२४ मत मात्र पाए। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गरेका छन् भने नेकपाका लवशेर विष्टले १२ हजार ४९२ मत पाएका छन्।

मकवानपुर जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदातामध्ये १ लाख ८६ हजार ५५१ मत खसेको छ, जसले करिब ५९ प्रतिशत मतदान प्रतिशत देखाएको छ।
क्षेत्र अनुसार मत खस्ने अवस्था यस प्रकार छ:
प्रतिनिधिसभा क्षेत्र–१: १ लाख ५८ हजार ४३५ मतदाता मध्ये ९५ हजार ३१० मत खसेको छ।
प्रतिनिधिसभा क्षेत्र–२: १ लाख ५६ हजार ८९९ मतदाता मध्ये ९१ हजार २४१ मत खसेको छ।
यद्यपि मत परिणामले उप्रेतीको स्पष्ट विजय देखाएको छ, निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन भने बाँकी छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.