ओलीविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

भदौ २३ र २४ गते घटेका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध फौजदारी कसूरमा मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको छ।

स्रोतका अनुसार आयोगले आज प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा उक्त घटनाको जिम्मेवारी राष्ट्रिय स्तरमा तत्कालीन प्रधानमन्त्री ओलीमाथि रहेको ठहर गर्दै कानुनी कारबाही अघि बढाउन सिफारिस गरेको हो।

त्यसैगरी, तत्कालीन काठमाडौं जिल्ला सुरक्षा समितिका प्रमुखलाई जिल्ला स्तरमा जिम्मेवार ठहर गर्दै उनीमाथि पनि आवश्यक कारबाही गर्न आयोगले सिफारिस गरेको बताइएको छ।

यदि सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेमा ओलीविरुद्ध फौजदारी अभियोग दर्ता गरेर मुद्दा चलाउन सकिनेछ। कानुनी व्यवस्था अनुसार धेरैजसो फौजदारी कसूरमा अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा अगाडि बढाउन सकिने भएकाले अदालतले लगाइने अभियोगको प्रकृति हेरेर उनलाई थुनामै राखेर मुद्दा चलाउने आदेश दिन सक्ने सम्भावना पनि रहनेछ।

भदौ २३–२४ मा घटेका घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले यसअघि कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.