संसद छिर्दै यी १४ महिला, १३ जना रास्वपाकै

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ हालसम्म १४ जना महिला उम्मेदवार विजयी भएका छन्।

यस पटक महिला विजेतामध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका छन्। रास्वपाले उठाएका १६ महिला उम्मेदवारमध्ये १३ जना विजयी भएका छन् भने तीन जना पराजित भएका छन्।

रास्वपाबाट रञ्जु दर्शना (काठमाडौँ–१), तोसिमा कार्की (ललितपुर–३), सोविता गौतम (चितवन–३), रुबिना आचार्य (मोरङ–६), बिना गुरुङ (कास्की–३), कोमल ज्ञवाली (कैलाली–१), आशा झा (मोरङ–५), नितिमा भण्डारी कार्की (सर्लाही–१), निशा डाँगी (झापा–१) र इन्दिरा राना मगर (झापा–२) विजयी भएका छन्।

त्यसैगरी रास्वपाबाटै आशिका तामाङ (धादिङ–१), पुष्पाकुमारी चौधरी (सप्तरी–१) र गौरी कुमारी (महोत्तरी–४) पनि निर्वाचित भएका छन्।

रास्वपाका अन्य महिला उम्मेदवारमध्ये बिनिता कठायत जुम्ला मा ज्ञानेन्द्र शाही सँग पराजित हुनुभयो भने सरिन तामाङ सुनसरी–१ मा हर्कराज राई सँग हार्नुभयो। टासी ल्हान्जोम भने हुम्ला मा चौथो स्थानमा सीमित हुनुभयो।

यसैबीच नेपाली कांग्रेस बाट महिलातर्फ बासाना थापा मात्र प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको छ। उहाँ दैलेख–१ बाट विजयी हुनुभएको हो।

प्रत्यक्षतर्फ भने नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायत अन्य दलबाट कुनै पनि महिला उम्मेदवार विजयी हुन सकेका छैनन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.