गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई उल्लेख्य मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन परिणाम अनुसार गुरुङले २९ हजार ८९६ मत प्राप्त गर्दै जित हात पारे। उनका निकटतम प्रतिद्वन्द्वी खत्रीले १५ हजार ३९८ मत प्राप्त गरे। यसरी गुरुङले खत्रीलाई १४ हजार ४९८ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।
यस्तै, तेस्रो स्थानमा रहेका नेपाल कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरे।
अन्य उम्मेदवारमध्ये नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत पाए भने उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरले ४८९ मत प्राप्त गरे।
गोरखा–१ को यस नतिजासँगै रास्वपाले उक्त क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गरेको छ।
प्रतिकृया दिनुहोस्















