जन्ती जाँदै गरेको कार दुर्घटना, चालकको मृत्यु

पर्साको सखुवाप्रसौनी गाउँपालिका–पाँच महुवनस्थित गण्डक नहर नजिक सोमबार राति जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने कारमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्।

बहुदरमाई नगरपालिका–आठ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँतर्फ जन्ती जाँदै गरेको बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति करिब नौ बजेर पन्ध्र मिनेटमा गण्डक नहर छेउको पिपलको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित दुई जना गम्भीर घाइते भएका थिए। घाइतेलाई तत्काल उपचारका लागि बिरगंज मुर्लिस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारका क्रममा चालकको राति दश बजेर पन्ध्र मिनेटमा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

मृतक चालकको नाम र ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिको उपचार अस्पतालमै जारी रहेको डीएसपी बस्नेतले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.