काठमाडौं–दुबई उडान दुई सातापछि पुनः सुरु गर्दै नेपाल वायुसेवा निगम

खाडी क्षेत्रमा बढेको द्वन्द्वका कारण प्रभावित बनेका हवाई उडानहरू क्रमशः पुनः सञ्चालन हुन थालेका छन्। यसैक्रममा नेपाल वायुसेवा निगमले करिब दुई सातापछि काठमाडौँ–दुबई रुटमा उडान पुनः सुरु गर्ने भएको छ।

निगमका अनुसार आगामी बुधबार काठमाडौँ–दुबई रुटमा उडान सञ्चालन गरिनेछ। फेब्रुअरी २८ यता यस रुटमा नियमित उडान हुन सकेको थिएन।

फेब्रुअरी २८ देखि मार्च ९ सम्मको टिकट लिएर यात्रा गर्न नपाएका यात्रुहरूले बुधबार यात्रा गर्न चाहेमा टिकट पुनः प्रमाणीकरण गराएर उडान गर्न सक्ने निगमले जनाएको छ। प्रमाणीकरण गरिएका यात्रुलाई मात्र विमानस्थल आउन अनुरोध गरिएको छ।

यात्रुहरूले आफ्नो टिकट इमेलमार्फत पठाई प्रमाणीकरण गराउन सक्ने सुविधा पनि उपलब्ध गराइएको छ। सिट उपलब्धताको आधारमा पहिलेबाट रोकिएका यात्रुलाई पहिलो प्राथमिकता दिइ टिकट उपलब्ध गराइने जनाइएको छ।

निगमले आगामी दिनमा सार्वजनिक गरिने सूचनाका आधारमा थप उडान तालिका तय गरिने र त्यसअनुसार यात्रा गर्न सकिने जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.