बीमा बिरामीलाई बाहिरबाट औषधि किन्न लगाए कारबाही हुने चेतावनी

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार गरिरहेका बिरामीलाई बीमा प्याकेजमा समावेश औषधि तथा सामग्री बाहिरका पसलबाट नगदमा किन्न लगाउने स्वास्थ्य संस्थामाथि कारबाही गरिने चेतावनी दिइएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार बीमा कार्यक्रममा आबद्ध अस्पताल तथा स्वास्थ्य संस्थाले बीमित बिरामीलाई उपचारका क्रममा आवश्यक सेवा र औषधि बीमा प्याकेजभित्रै उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ। तर केही स्थानमा बिरामीलाई बाहिरबाट औषधि किन्न लगाइएको गुनासो बढेपछि बोर्डले यस्तो चेतावनी दिएको हो।

बोर्डका अनुसार यस्ता गतिविधि स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत हुने भएकाले तुरुन्त रोक्न निर्देशन दिइएको छ। बीमितले पाउने सेवामा समावेश औषधि तथा सामग्री सेवा प्रदायक स्वास्थ्य संस्थाले नै उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको स्पष्ट पारिएको छ।

यस सम्बन्धमा प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण पालना गर्न सबै सेवा प्रदायक संस्थालाई आग्रह गरिएको छ। साथै अनुगमनका क्रममा कुनै स्वास्थ्य संस्थाले नियम विपरीत कार्य गरेको पाइएमा स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही गरिने बोर्डले जनाएको छ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहद्वारा जारी सूचनामा यस्तो कार्य नगर्न सबै स्वास्थ्य संस्थालाई पुनः सचेत गराइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.