रास्वपाको सचिवालय बैठक आज, समय–स्थान अनिश्चित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक बसाल्ने तयारी गरेको छ। तर बैठकको ठ्याक्कै समय र स्थान भने अझै निश्चित भइसकेको छैन।

पार्टीका सभापति रवि लामिछाने को स्वास्थ्य अवस्था कस्तो रहन्छ भन्ने आधारमा बैठकको समय र स्थान तय गरिने बताइएको छ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहने जनाइएको छ।

त्यससँगै वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बनाउने विषयमा के–कस्ता कदम चाल्ने भन्नेबारे पनि छलफल हुने जानकारी पार्टी स्रोतले दिएको छ।

रास्वपाको आगामी राजनीतिक रणनीति र संगठनात्मक निर्णयका दृष्टिले यो बैठकलाई महत्त्वपूर्ण मानिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.