रास्वपाको आज बस्ने भनिएको सचिवालय बैठक आइतबार बिहानका लागि सारियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बिहान बस्ने भएको छ। शनिबारका लागि तय गरिएको बैठक सारेर आइतबार बिहानका लागि निर्धारण गरिएको हो।

पार्टी स्रोतका अनुसार बैठक बिहान १० बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषय मुख्य कार्यसूचीमा राखिएको छ।

यसका साथै वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक प्रक्रिया र कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

आगामी निर्वाचनको तयारी तथा पार्टीभित्रका महत्वपूर्ण निर्णयका विषयमा यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.