समानुपातिकका लागि कांग्रेसका २० नाम आज आयोगमा, १५ महिला अनिवार्य

काठमाडौं — नेपाली कांग्रेस ले समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभामा पठाउने २० जनाको नाम निर्वाचन आयोग नेपाल मा बुझाउने निर्णय गरेको छ।

आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट सिफारिस भएका नामहरू आयोगमा पठाउने निर्णय गरेको हो। पार्टीका प्रवक्ता देवराज चालिसे का अनुसार ती नामहरू आइतबार नै आयोगमा बुझाइनेछन्।

बैठकले विभिन्न क्लस्टरबाट प्रतिनिधित्व हुने गरी नाम पठाउने निर्णय गरेको छ। जसअनुसार आदिवासी जनजाति र खसआर्यबाट ६–६ जना, थारू, दलित, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्रबाट एक–एक गरी ५ जनाको नाम पठाइनेछ। साथै अन्य तीन जनाको नाम क्लस्टर मिलाएर सिफारिस गरिने बताइएको छ।

समानुपातिक सूचीमा पठाइने २० जनामध्ये १५ जना महिला अनिवार्य रूपमा रहने प्रवक्ता चालिसेले जानकारी दिए। निर्वाचन आयोगले समानुपातिकतर्फ प्राप्त मतका आधारमा प्रत्येक दललाई सांसदको कोटा निर्धारण गरी नाम पठाउन आग्रह गरेको थियो।

कांग्रेसले आयोगमा बुझाइने नामहरू आयोगले नै सार्वजनिक गर्ने पनि जनाएको छ। साथै आगामी केन्द्रीय समिति बैठकले निर्वाचनको समग्र समीक्षा गर्दै पार्टीको धारणा सार्वजनिक गर्ने तयारी रहेको प्रवक्ता चालिसेले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.