राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभामा पठाउने ४ जनाको नाम टुंगो लगाएको छ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठ का अनुसार उक्त नामावली निर्वाचन आयोग नेपाल मा पठाइनेछ।
📋 समानुपातिकबाट सिफारिस गरिएका नाम
भरत गिरी — खस आर्य पुरुष (महोत्तरी)
ताहिर अली — मुस्लिम पुरुष (रुपन्देही)
खुस्बु ओली — खस आर्य महिला (झापा)
सरस्वती लामा — जनजाति महिला (धादिङ)
बैठकले यसका साथै कठिन परिस्थितिमा पार्टीका उम्मेदवारलाई मत दिएर विजयी गराएको भन्दै मतदाताप्रति धन्यवाद व्यक्त गरेको छ। साथै ज्ञानेन्द्र शाही लाई विजयका लागि बधाई दिने निर्णय समेत गरिएको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ले जानकारी दिएका छन्।















