काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) ले समानुपातिक प्रणालीअन्तर्गत पाउने सिटका लागि १६ जना सम्भावित सांसदहरूको नाम निर्वाचन आयोग नेपाल मा बुझाएको छ।
पार्टीको केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्य का अनुसार आइतबार आयोगमा सूची पेश गरिएको हो। सचिवालय बैठकले शनिबार नै नामहरू टुंग्याएको थियो।
एमालेले विभिन्न क्लस्टरबाट प्रतिनिधित्व हुने गरी नाम सिफारिस गरेको छ।
📋 सम्भावित सांसदहरूको सूची
जनजाति क्लस्टर
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
रामबहादुर थापा ‘बादल’
कुलभक्त शाक्य
महिला क्लस्टर
पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल
पुरुष क्लस्टर
गुरुप्रसाद बराल
पुष्पराज कँडेल
थारू पुरुष
कृपाराम राना
दलित महिला
विष्णुमाया विक
नीता घतानी
मधेसी महिला
रिङ्ला यादव
यशोधा कुमारी यादव
मधेसी पुरुष
चन्द्रेश्वर मण्डल
मुस्लिम समुदाय
साजिदा सिद्धिकी
आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि यी नामहरू समानुपातिक सांसदका रूपमा औपचारिक रूपमा घोषणा हुनेछन्।























































