खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। बुधबार दिउँसो करिब १२ बजेर २ मिनेटतिर केपिलासगढी गाउँपालिका–२ बालावेसी क्षेत्रमा अवतरण गर्ने क्रममा हेलिकप्टर भित्तामा ठोक्किएपछि दुर्घटना भएको हो।
‘९–एनएफक्यू’ कलसाइन भएको उक्त हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना सवार रहेका थिए। दुर्घटनामा एक जना यात्रु घाइते भएका छन् भने अन्य सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
प्रहरीका अनुसार अवतरणका बेला नियन्त्रण गुम्दा हेलिकप्टर ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ। घाइतेको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रतिकृया दिनुहोस्























































