बागमतीमा सत्ता फेरबदलको दबाब: चैतपछि नेतृत्व पाउनुपर्ने एमालेकाे अडान

हेटौंडा — बागमती प्रदेशमा सत्ता साझेदार दलहरूबीच भएको आलोपालो नेतृत्वको सहमति कार्यान्वयन गर्न नेकपा एमालेले दबाब बढाएको छ। चैत मसान्तपछि सरकारको नेतृत्व आफ्नो भागमा पर्ने भन्दै एमालेले स्पष्ट अडान सार्वजनिक गरेको हो।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले हाल इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार परिवर्तन गरी सहमति अनुसार एमालेले नेतृत्व पाउनुपर्ने बताएका छन्। सत्ता साझेदारबीच आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएकाले अबको पालो एमालेकै भएको उनको दाबी छ।

एमालेले प्रदेश सभा बैठक तत्काल बोलाउन पनि माग गरेको छ। लामो समयसम्म बैठक नबस्दा जनताका मुद्दा ओझेलमा परेको भन्दै थपलियाले पूर्वाधार अभावलाई कारण बनाएर बैठक स्थगित गर्नु उचित नभएको बताए।

उनले मुख्यमन्त्रीले संघीय सरकार गठन प्रक्रियाको प्रतीक्षा गर्दा प्रदेश सभा ढिला भएको आरोप पनि लगाए। सभामुख चयनमा भने सत्ता साझेदारबीच कुनै विवाद नरहेको उनको भनाइ छ।

चैत अन्त्य वा वैशाख सुरुवाततिर प्रदेश सभा बैठक बस्ने र नयाँ राजनीतिक प्रक्रिया अघि बढ्ने सम्भावना रहेको एमालेले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.