रास्वपाले संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने

काठमाडौं, ०६ चैत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयनका लागि मतदान नगर्ने निर्णय गरेको छ। आन्तरिक छलफलपछि पार्टीले सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने निष्कर्ष निकालेको हो।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार सबै निर्वाचित सांसदहरूबीच सहमति बनेकाले निर्वाचन प्रक्रिया आवश्यक नरहेको ठहर गरिएको छ। सहमतिअनुसार वरिष्ठ नेता बालेन्द्र शाह लाई संसदीय दलको नेताका रूपमा अघि सार्ने तयारी भइरहेको छ।

यद्यपि, पार्टीको विधानमा दलको नेता निर्वाचनमार्फत चयन गर्ने व्यवस्था रहेको छ। त्यसैले सर्वसम्मत निर्णयलाई औपचारिकता दिन चैत १२ गते केन्द्रीय समिति बैठक बोलाइएको छ।

उक्त बैठकले निर्णय अनुमोदन गरेपछि शाहलाई औपचारिक रूपमा संसदीय दलको नेता घोषणा गरिने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.