हेटौंडा–११: त्रिभुवन मावि व्यवस्थापन समितिमा नयाँ टोली चयन, अध्यक्षमा जुना दाहाल

हेटौंडा उपमहानगरपालिका–११ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयको व्यवस्थापन समिति नयाँ नेतृत्वसहित गठन गरिएको छ। सोमबार सम्पन्न बैठकले वडा नम्बर ११ की अध्यक्षसमेत रहेकी जुना दाहाललाई सर्वसम्मत रूपमा समितिको अध्यक्ष चयन गरेको हो।

गोविन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा बसेको उक्त बैठकले विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ कार्यसमिति टुंगो लगाएको जनाएको छ। समितिमा संजय बिडारी, जनकप्रसाद लामिछाने, बिनु नेपाली, बद्री लम्साल र जमुना राई सदस्यका रूपमा चयन भएका छन्। साथै, प्रधानाध्यापक रामकुमार बर्तौला सदस्य सचिवको जिम्मेवारीमा नियुक्त भएका छन्।

नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार र व्यवस्थापन सुदृढीकरणमा जोड दिने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.