मकवानपुरमा दुःखद घटना: घाँस काट्न गएकी ९ वर्षीया बालिका भिरबाट लडेर मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। घाँस काट्न जंगल गएकी एक बालिका भिरबाट लडेर ज्यान गुमाएकी हुन्।

इन्द्रसरोवर गाउँपालिका–३, जातीपोखरीकी करिब ९ वर्षीया लमिना वाइबा हिजो दिउँसो साढे ३ बजेतिर घरबाट नजिकैको चुत्रोघारीडाँडा जंगलतर्फ गएकी थिइन्। तर साँझसम्म घर नफर्किएपछि परिवार र स्थानीय बासिन्दाले खोजी अभियान सुरु गरेका थिए।

लगातार खोजीपछि आज बिहान करिब ७ बजे सोही क्षेत्रको भिरबाट करिब ३०० मिटर तल उनको शव फेला परेको हो। प्रारम्भिक अनुमान अनुसार उनी घाँस काट्ने क्रममा लडेर दुर्घटनामा परेकी हुन सक्ने बताइएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी सिस्नेरीबाट टोली खटिएर घटनास्थल सुरक्षित राखिएको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट समेत प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

यस घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने परिवार शोकमा डुबेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.