बालेन शाहले प्रधानमन्त्रीको शपथ लिए, शीतल निवासमा विशेष धार्मिक विधिसहित समारोह सम्पन्न

बालेन्द्र शाह ले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच दिउँसो १२ बजेर ३४ मिनेटमा शाहलाई शपथ गराउनुभएको हो।

शाह आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। उहाँलाई नेपालको संविधान को धारा ७ को उपधारा १ बमोजिम नियुक्त गरिएको जनाइएको छ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, तथाकथित प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा पूर्वप्रधानमन्त्रीहरू लगायतको उपस्थिति रहेको थियो।

समारोहमा संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूको पनि सहभागिता थियो।

यसपटक प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम वैदिक–सनातन परम्पराअनुसार विशेष रूपमा सम्पन्न गरिएको थियो। समारोहमा सात शंखबाट शंखनाद गरिएको थियो भने १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षुहरूले शुभ–मंगल पाठ गरेका थिए।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.