युनिहबद्वारा विदाई तथा जानकारीमूलक कार्यक्रम सम्पन्न

हेटौंडा। युनिहब इन्टरनेसनल एजुकेसन सेन्टर प्रा।लि। को आयोजनामा विदाई तथा जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका सञ्चालक सुरज घलानको सभापतित्वमा हेटौंडामा आयोजित उक्त कार्यक्रममा नरेश प्याकुरेल, स्नेह बानियाँ, दिया ढोडारी, आइता सिंह मोक्तान,रजल नगरकोटी, सुरज मुक्तान, सुषान्त अर्याल लगायतको सहभागिता रहेको थियो। साथै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा अधिकृत सुरज बिस्ट विशेष आमन्त्रित अतिथिका रूपमा उपस्थित रहेका थिए।

उक्त कार्यक्रमअन्तर्गत अप्रिल २०२६ मा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई विदाई प्रदान गरिएको थियो भने आगामी अक्टोबर २०२६ मा विदेश अध्ययनका लागि इच्छुक विद्यार्थीहरूका लागि जानकारीमूलक सत्र सञ्चालन गरिएको थियो। सो क्रममा अध्ययनका लागि आवेदन प्रक्रिया, उपयुक्त देश तथा शिक्षण संस्थाको छनोट, भिसा प्रक्रिया लगायत विषयमा सहभागीहरूलाई विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा ३० भन्दा बढी भर्ना पुष्टि पत्र (सीओई) प्राप्त गरेका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको संस्थाका सञ्चालक सुरज घलानले जानकारी दिएका छन्।
मनोरञ्जनात्मक प्रस्तुतिअन्तर्गत प्रतीक्षा तितुङ लगायतका कलाकारहरूले नृत्य प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए भने दिलिप लामाले गीतमार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रममा नरेश प्याकुरेलले स्वागत मन्तव्य राखेका थिए भने स्नेह बानियाँ, दिया ढोडारी, आइता सिंह मोक्तान, रजल नगरकोटी, सुषान्त अर्याल लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए। यसै अवसरमा २०८१ जेठदेखि २०८२ चैतसम्म रिसेप्सनिस्टका रूपमा कार्यरत स्नेह बानियाँलाई बिदाइ तथा शुभकामना व्यक्त गरिएको थियो। साथै कार्यक्रममा प्रश्नोत्तरी (क्विज) कार्यक्रमसमेत सञ्चालन गरिएको थियो, जसले विद्यार्थीहरूमा अध्ययनप्रति रुचि बढाउन र मनोरञ्जन प्रदान गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.