डिजेल र मट्टीतेलको मुल्य वृद्धि, पेट्रोल र ग्यास स्थिर

नेपाल आयल निगमले डिजेल, मट्टीतेल तथा हवाइ इन्धन आन्तरिकतर्फको भाउ बढाएको छ ।

पेट्रोल र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ । डिजेल र मट्टितेलको प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ भाउ बढेको हो ।

अब डिजेल र मट्टीतेलको भाउ पहिलो वर्गमा प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २३६ रुपैयाँ र तेस्रो वर्गमा २३७ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २५६ रुपैयाँ भएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.