भिमफेदी/ गाउँपालिकामा प्रहरी र नागरिकबीच प्रत्यक्ष संवाद बढाउने उद्देश्यले “नागरिक सुनुवाई कार्यक्रम” सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, सुरक्षा निकाय र विभिन्न पेशाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता प्रहरी निरीक्षक सन्त श्रेष्ठ ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा श्याम बहादुर क्षेत्री उपस्थित हुनुहुन्थ्यो।
सहभागीहरूले शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन र प्रहरी सेवासम्बन्धी गुनासा तथा सुझाव राखेका थिए। प्रहरी पक्षले नागरिकसँग सहकार्य गर्दै सेवा सुधार र पारदर्शिता बढाउने प्रतिबद्धता जनाएको छ।
प्रतिकृया दिनुहोस्























































