चर्चित कलाकार सागर लम्साल बलात्कार आरोपपछि पक्राउ

प्रहरीले कलाकार सागर लम्साललाई एक युवतीले लगाएको बलात्कार आरोपपछि पक्राउ गरेको छ।

काठमाडौं प्रहरीका अनुसार ‘बले’ उपनामले परिचित लम्साललाई काठमाडौंको बुढानीलकण्ठ–कपन बालुवाखानी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले आरोपबारे अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत लम्सालले आफूलाई अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्। ती युवतीका अनुसार अमेरिका भ्रमणका क्रममा भएको भेटघाटकै बेला उक्त घटना भएको हो।

प्रहरीले पीडित भनिएकी युवतीसँग समन्वय भइरहेको जनाएको छ। तर अहिलेसम्म औपचारिक जाहेरी भने दर्ता भइसकेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसैबीच, आरोप लगाउने युवतीले आफ्नो परिचय सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लामो अभिव्यक्ति दिएकी छन्। उनले आफू कलाकार संगम विष्ट भएको उल्लेख गर्दै बाल्यकालदेखि नै कला क्षेत्रमा सक्रिय रहेको बताएकी छन्।

उनले आफ्नो पोस्टमा समाजबाट आएका आलोचना र दबाबबीच पनि न्यायका लागि लड्ने अडान व्यक्त गरेकी छन्। आफूले उठाएको आवाज व्यक्तिगत मात्र नभई अन्य पीडित महिलाहरूको प्रतिनिधित्व गर्ने दाबी समेत गरेकी छन्।

उक्त घटनाले सामाजिक सञ्जाल र मनोरञ्जन क्षेत्रमा व्यापक चर्चा पाएको छ। प्रहरी अनुसन्धानले घटनाको यथार्थ सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.