भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि लाग्ने शुल्क दर सार्वजनिक गरेको छ।
मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने दस्तुर निर्धारण गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार सडक बोर्ड ऐन, २०५८ को प्रावधान प्रयोग गर्दै शुल्क लागू गरिएको जनाइएको छ।
नयाँ दरअनुसार हलुका सवारी (कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस) ले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस, मिनी ट्रक र मिनी टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ।
त्यस्तै ठूला सवारी (बस/ट्रक) का लागि काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ। अत्यधिक भारवहन गर्ने सवारीका लागि भने ६०० रुपैयाँ प्रवेश र २५० रुपैयाँ बाहिरिने शुल्क निर्धारण गरिएको छ।
।















