हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१० बसपार्क क्षेत्रमा सजनी स्टोर्स ग्लोबको नयाँ शाखा सञ्चालनमा आएको छ।
स्टोर्सको उद्घाटन हबका सञ्चालक चन्द्र डङ्गोल, सबिना डङ्गोल र सजनी डङ्गोलले संयुक्त रूपमा रिबन काटेर गरेका हुन्।
नयाँ शाखामा स्मार्ट चस्मा, घडी लगायतका इलेक्ट्रोनिक सामग्रीहरू सुलभ मूल्यमा उपलब्ध हुने सञ्चालकहरूले जानकारी दिएका छन्। यसअघि नै हेटौंडा–११ मा पनि यसको शाखा सञ्चालनमा आइसकेको छ।
सञ्चालक चन्द्र डङ्गोलका अनुसार व्यवसायसँगै गुणस्तरमा विशेष ध्यान दिँदै ग्राहकको आवश्यकता पूरा गरेर राम्रो विश्वास (गुडविल) कमाउने लक्ष्य राखिएको छ।
प्रतिकृया दिनुहोस्


















