सरकारी अस्पतालमा अब डिजिटल रिपोर्ट, बिरामीले घरमै नतिजा पाउने व्यवस्था हुँदै: स्वास्थ्य मन्त्री

स्वास्थ्यमन्त्री निशा मेहता ले सरकारी अस्पतालहरूको सेवा प्रणालीलाई प्रविधिमैत्री बनाउने योजना अघि सारेकी छन्। आइतबार वीर अस्पताल को अनुगमनका क्रममा उनले स्वास्थ्य परीक्षणका रिपोर्टहरू अब डिजिटल माध्यमबाटै उपलब्ध गराइने व्यवस्था छिट्टै लागू गरिने बताइन्।

अनुगमनका क्रममा बिरामी तथा आफन्तहरूले रिपोर्ट आउन ढिलाइ हुँदा सास्ती खेप्नुपरेको गुनासो गरेका थिए। अस्पताल प्रशासनले भने दैनिक करिब ५ हजार बिरामीले बहिरंग सेवा लिने भएकाले ढिलाइ हुने गरेको स्पष्ट पारेको छ।

मन्त्री मेहताका अनुसार आगामी दिनमा बिरामीले रिपोर्ट लिन अस्पताल धाउनुपर्ने बाध्यता हटाइनेछ र उनीहरूले आफ्नै माध्यमबाट डिजिटल रूपमा नतिजा प्राप्त गर्न सक्नेछन्।

यसैबीच, उनले उपचारका लागि आएका बिरामीलाई अस्पताल बाहिरबाट औषधि किन्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि प्रशासनलाई निर्देशन दिएकी छन्। अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समग्र स्वास्थ्य क्षेत्र सुधारका थप योजनाहरू पनि चाँडै सार्वजनिक गरिने जानकारी दिइन्।

सरकारको निर्देशनअनुसार सार्वजनिक बिदाको दिनसमेत बहिरंग सेवा सञ्चालन भइरहेकाले सेवाग्राहीलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.