देशभर बदली, चट्याङसहित वर्षा र हिमपातको सम्भावना

पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणाली सक्रिय हुँदा देशभर मौसम बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा बादल लागेको छ। आज दिउँसो कोशी र मधेस प्रदेशसहित हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका थोरै क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उच्च हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ।

आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा रातिको समयमा पनि वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले चट्याङ, हुरी र वर्षाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.