बकैया गाउँपालिकामा तेस्रो पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता जेठ ९–१० मा

मकवानपुरको बकैया गाउँपालिकामा तेस्रो संस्करणको पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने तयारी गरिएको छ। बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङका अनुसार प्रतियोगिता आगामी जेठ ९ र १० गते सञ्चालन गर्ने योजना छ।

यसअघि सम्पन्न दुई संस्करणमा वडा नम्बर ४ ले लगातार उपाधि जित्दै आफ्नो दबदबा कायम राखेको थियो। पहिलो संस्करणमा वडा नम्बर ७ लाई र दोस्रो संस्करणमा वडा नम्बर ८ लाई पराजित गर्दै वडा नम्बर ४ विजेता बनेको थियो।

आगामी प्रतियोगितासम्बन्धी विस्तृत जानकारी केही दिनमै सार्वजनिक गरिने संयोजक थिङले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.