मकवानपुरमा अवैध रूपमा ओसारपसार भइरहेको सालको काठसहित एक गाडी नियन्त्रणमा

हेटौँडा । मकवानपुर प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठसहित एक गाडी नियन्त्रणमा लिएको छ ।
बिहान करिब १ः४० बजे प्राप्त विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले चौघडाबाट हेटौँडा तर्फ आउँदै गरेको बा.२० च १८६१ नम्बरको गाडीलाई हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा रोकी जाँच गर्न खोजेको थियो ।
तर प्रहरीलाई देखेपछि चालक फरार हुने प्रयास गरेपछि टोलीले पछ्याउँदै हेटौँडा उपमहानगरपालिका–२ सानोपोखरा चोकस्थित भित्री सडकबाट गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
तलासीका क्रममा त्रिपालले छोपेर लुकाइ राखिएको अवस्थामा ४१ थान सालको काठ (७२.५९ क्युफिट) बरामद गरिएको छ । बरामद काठसहित गाडीलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हेटौँडा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.