हर्क साम्पाङ : सुकुम्बासीलाई विस्थापित गर्ने कदम अस्वीकार्य

हेटौँडामा आयोजित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायसँगको कार्यक्रममा हर्क साम्पाङ ले सुकुम्बासी बस्ती हटाउने तथा घर भत्काउने कार्यप्रति आपत्ति जनाउनुभएको छ ।

शनिबार हेटौँडा–११ थानाभर्‍याङमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उहाँले राज्यले नागरिकको आधारभूत आवास अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । जनतालाई घरबारविहीन बनाउने निर्णय समाधान नभई समस्या झन् बढाउने कदम हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा सहभागी सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायका प्रतिनिधिहरूले जग्गा व्यवस्थापन, बसोबासको असुरक्षा, स्थानीय तहबाट हुने व्यवहार तथा आधारभूत सेवामा पहुँचका समस्याबारे धारणा राखेका थिए ।

साम्पाङले आफू संसद्मा पुगेपछि उठाएका प्राथमिक मुद्दामध्ये सुकुम्बासी समस्या पनि एक रहेको उल्लेख गर्दै सरकारका गलत निर्णयविरुद्ध निरन्तर आवाज उठाइरहेको बताउनुभयो । उहाँले मेचीदेखि महाकालीसम्मका नागरिकलाई घरबारविहीन बनाउने प्रयासविरुद्ध एकजुट हुन आग्रह गर्दै सुकुम्बासी समुदायको अधिकार र सम्मानका लागि आफू सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.