सूर्योदय माविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

हेटौँडा । छोराछोरी नेपाल संस्थाले मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेस्थित सूर्योदय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

संस्थाले आइतबार विद्यालयमा अध्ययनरत ७० जना गरिब, विपन्न, असहाय तथा सीमान्तकृत विद्यार्थीलाई स्कुल ब्याग, पानी खाने बोतलसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको विद्यालयकी प्रधानाध्यापक लिला तितुङले जानकारी दिइन् ।

विद्यालयमा हाल करिब ६ सय विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना हुने क्रम अझै जारी रहेको प्रधानाध्यापक तितुङको भनाइ छ ।

विद्यालयले विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई सहयोग पुगेको भन्दै संस्थाप्रति आभार व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.