हेटौँडा । हेटौँडामा ट्रयाम्फ मोटरसाइकलको नयाँ शोरुम सञ्चालनमा आएको छ । हेटौँडा–११ थानाभर्याङस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा शोरुम सञ्चालनमा ल्याइएको हो ।
शोरुमका सञ्चालक रवि शर्मा कँडेलले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत शोरुम तथा मोटरसाइकलका विशेषताबारे जानकारी दिएका थिए । आइतबार शोरुमको औपचारिक उद्घाटन गरिएको छ ।
सञ्चालक कँडेलका अनुसार ट्रयाम्फ मोटरसाइकलका ३ वटा भेरियन्ट नेपाली बजारमा उपलब्ध छन् । मोटरसाइकलको सुरुवाती मूल्य ६ लाख ७० हजार रुपैयाँ रहेको छ भने भेरियन्टअनुसार मूल्यमा केही फरक पर्नेछ ।
बालुवा, हिलो तथा सुख्खा सडकमा सहज रूपमा सञ्चालन गर्न सकिने यस मोटरसाइकलको माइलेज प्रतिलिटर २८ किलोमिटर रहेको जनाइएको छ ।
ब्रिटिस कम्पनी ट्रयाम्फले भारतको बजाज कम्पनीसँग सहकार्य गरेर मोटरसाइकल उत्पादन गर्दै आएको कँडेलले जानकारी दिए । काठमाडौं, चितवन र विराटनगरपछि अब हेटौँडाबाट पनि ट्रयाम्फ मोटरसाइकल बिक्री वितरण सुरु भएको उनले बताए ।















