त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाज अवतरण क्रममा पाङ्ग्रामा आगलागी, उडान अवरुद्ध

काठमाडौँ । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रामा अचानक आगलागी भएको छ ।

आज बिहान पौने ७ बजेतिर अवतरणका क्रममा जहाजको पाङ्ग्राबाट धुवाँ निस्किएको देखिएपछि तत्काल दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको विमानस्थल स्रोतले जनाएको छ ।

जहाजमा रहेका सबै यात्रुहरूलाई आकस्मिक ढोका प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ । सबै यात्रु सकुशल रहेको विमानस्थलले पुष्टि गरेको छ ।

प्रारम्भिक अनुमानअनुसार पाङ्ग्रामा प्राविधिक समस्या वा अत्यधिक घर्षणका कारण आगलागी भएको हुन सक्ने देखिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

घटनापछि त्रिभुवन विमानस्थलबाट हुने अन्य सबै उडान तथा अवतरण केही समयका लागि रोकिएको छ । काठमाडौँ आउँदै गरेका विमानहरू आकाशमै होल्ड (फन्को) मा राखिएको विमानस्थलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.