काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट दुई नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ र
‘एक मुठ्ठी बादल’मा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा देखिएकी छन् । चलचित्रलाई साहारा शर्माले निर्देशन गरेकी हुन् ।
फिल्ममा आँचलसँगै निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं र मनिष निरौला लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन तथा गौरव मल्लिकको सम्पादन रहेको छ ।
त्यसैगरी, ‘फेन्टासी कमेडी ड्रामा’ जनरामा बनेको ‘लाइफ ड्यामेज’मा अभिनेत्री क्गचबपकजथब एबलतब सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । चलचित्रलाई कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले निर्देशन गरेका हुन् ।
फिल्ममा सुरक्षासँगै निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त र निरु खड्का लगायत कलाकारको अभिनय रहेको छ ।
दुवै चलचित्रमा महिला पात्रलाई केन्द्रमा राखिएको छ । फरक कथावस्तु र प्रस्तुति भएका यी चलचित्रले दर्शकमाझ कस्तो प्रतिक्रिया पाउँछन् भन्ने चासो बढेको छ ।















