हेटौंडा– सरकारले हरेर कार्यालय परिसरमा साता व्यापी सरसफाई गर्नका लागि परिपत्र भए अनुसार हेटौंडा उपमहानगर परिसरमा सरसफाई गरीएको छ ।
सरकारी कार्यालय परिसरमा देखिने फोहर व्यवस्थापनमा ध्यान दिनका लागि सरकारले गरेको निर्देशन अनुसार उपमहानगरपालिका वातावरण तथा सरसफाई शाखाले अभियान सञ्चालन गरेको हो ।
एक साता सम्म चलेको अभियान आज जेठ १ गते समापन गरीएको छ । एक सातामा उपमहानगरपालिका परिसरमा उम्रिएका झारपात उखेलिएको छ भने चैत्र २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडबाट निस्किएका फोहर व्यवस्थापन गरीएको बताइएको छ ।
कार्यक्रममा शाखा अन्तरगतका करिब १ सय कर्मचारी परिचान भएको शाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए । सरफाइका क्रममा जलेका सवारीबाट निस्केका फोहर, तोडफोडमा परेका टेवल, कुर्सी, सिसा सहित पालिकाको पछिल्लो भागमा उम्रिएका अनावश्यक झारपात व्यवथापन गरीएको बताइएको छ ।















