विषादीरहित तरकारी उत्पादनबारे हेटौँडामा सचेतनामूलक कार्यक्रम

नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुर शाखा को आयोजनामा हेटौँडामा विषादीरहित तरकारी उत्पादन तथा क्यान्सर रोग न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिका को सहकार्य र शुभकामना महिला बचत तथा ऋण सहकारी संस्था को समन्वयमा आयोजना गरिएको हो।

संस्थाका सभापति माधव अधिकारी को सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा संस्थाका केन्द्रीय उपमहासचिव प्रकाश खतिवडा र बागमती प्रदेश संयोजक गणेश कोईराला को विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले असुरक्षित रूपमा प्रयोग हुने रासायनिक विषादीका कारण ग्याष्ट्रिक तथा क्यान्सरजस्ता रोग बढ्दै गएको उल्लेख गर्दै जैविक विषादी प्रयोगमा जोड दिएका थिए। वडा अध्यक्ष सत्यालले स्थानीय तहमा सुरक्षित कृषि अभ्यास आवश्यक रहेको बताउँदै जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी कदमको रूपमा व्याख्या गरे।

उपमहासचिव खतिवडाले क्यान्सरको जोखिम, लक्षण र बच्ने उपायबारे जानकारी दिँदै सुर्तिजन्य पदार्थका कारण राज्यले स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक भार व्यहोर्नुपरेको तथ्य प्रस्तुत गरे। उनले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सरकारसँग आग्रहसमेत गरे।

कार्यक्रममा कृषि प्राविधिक गणेश खड्का ले विषादीका प्रकार, सुरक्षित प्रयोग विधि र जैविक विकल्पबारे सहजीकरण गरेका थिए। सहभागीहरूले अबदेखि जैविक विषादी प्रयोगलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.